शुलभ वैध
वि.एस.सी. एग्रिकल्चर
्र ११ देखि नेपाल लकडाउनमा छ। विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाईरसले बिश्वव्यापी माहामारी फैलिने क्रम जारी भै सिङ्गो विश्वलाई नै त्रशित बनाएको सर्बबिदितै छ। नेपालमा पनि यस माहामारीबाट अछुत रहन सकेनौँ। ाउनको समय सदुपयोग गरि कृषि तथा कृषिजन्य खेतीहरुको उत्पादन तर्फ उन्मुख हुनसके कृषि छेत्रमा विकास र समृद्धि स्थापना हुने र कृषक र समग्र राष्ट्रको लागि अत्यन

online


नेपालको हकमा कृषि प्रधान देश भएतापनि युवाहरु कृषि भनेपछि अलिक टाढा बस्न खोज्ने संस्कृति छ। देशमा भएको बेरोजगारी अन्त्य गर्न कृषिको मुख्य भूमिका रहन्छ। अबको कृषिलाई कसरी दिगो, आधुनिक गराउने भन्ने नै युवाहरुको काँधमा छ। त्यसको लागि युवालाई प्राप्त ज्ञान सिपको आवश्यकता छ। झन अब विश्व यो महामारीबाट आक्रान्त छ यो बेलामा हामीले कृषि क्षेत्रलाई जोड दिएनौ भने ह हाम्रो जस्तो मुलुकमा पनि भोक मरि आउदैन भन्न सकिन्न।


अबको बाटो भनेको कृषिमा युवा पिढीलाई कसरी आकर्षित गर्न सकिन्छ त्यस किसिममा कार्यक्रम सरकारले यथासिघ्र सन्चालन गर्न आवश्यक छ। पौराणिक तवरबाट किसानहरुले विभिन्न किसिमका विषादीहरु प्रयोग गरिरहेका छन्। त्यो क्षणिकका लागि राम्रो तथा उत्पादनमुखी होला तर दिर्घकालिन रुपमा स्वास्थ्य र वातावरणमा पर्ने नकारात्मक असरहरु बेहोर्नुपर्ने

तथ्यांक अनुसार अहिले पनि नेपालको तराईमा २५ प्रतिशत, पहाडमा ९ प्रतिशत र हिमालमा ७ प्रतिशत विषादी प्रयोग गरेको पाइन्छ। जसले गर्दा वर्षेनी माटोको उर्वराशक्तिमा ह्रास आइरहेको छ। यसको रोकथामको लागि प्राङ्गारिक कृषिको अवधारणा és युवा लक्षित दिगो कृषि कार्यक्रमहरुमा जोड दिनु आवश्यक छ।

चैत्र ११ देखि मुलुकलाई लकडाउन गरेपछि नेपालको आर्थिक क्रियाकलापमा असर नपरेको क्षेत्र छैन। कोरोना रोकथाम, नियन्त्रणसँगै अर्थतन्त्रलाई थप क्षति हुन नदिने अल्पकालीन र दीर्घकालीन दुवै उपाय तत्काल अघि सार्नुपर्छ। महत्वपूर्ण सम्भाव्य क्षेत्र कृषिलाई अघि बढाइनुपर्छ। एकातिर १० लाख हेक्टर खेतीयोग्य जमिन बाँझै छ भने, अर्कोतिर यहीँ उत्पादन हुन सक्ने डेढ खर्ब रुपैयाँको कृषिजन्य सामग्री विदेशबाट आयात गरिरहेका छौं। त्यसैले, परम्परागत कृषि प्रणालीलाई आधुनिकतातर्फ डो ¥ याउन आवश्यक छ।

उपलब्ध स्रोतको उपयोग तथा कृषि, उद्योग, ऊर्जा र मानव संसोधन विकासका लागि नेपाल सुहाउँदो प्रविधिको खाँचो छ। यी सबै कामको पहिलो सर्त वर्षौंदेखि जकडिएर बसेको राजनीतिक र प्रशासनिक शासकीय मनोवृत्तिको सुधार नै हो। अबको बाटोमा सरकारले युवा किसानलाई आकर्षण गर्न केहि कुराहरुमा ध्यान दिन आवश्यक छः

१) कृषि उत्पादन र कृषिबजार सहकारी अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउने।
२) कृषि बिमाको व्यवस्था गरी यसलाई राज्यले नै प्रोत्साहन गर्ने।
३) कृषिजन्य उद्योग व्यवसाय प्रबर्धन गर्न सरकारले सहयोग गर्ने।
४) कृषिऋणको सरलीकरण र सहजीकरण गर्दै सहुलियत बनाउने।
५) जडीबुटी खेती र जडीबुटी प्रशोधन कार्य बढाई हिमाली जडीबुटीसमेत सदुपयोग गर्ने।
६) कृषि सामग्री संस्थान, कृषि औजार कारखानाजस्ता कृषिमा काम लाग्ने कुराहरु सरकारले नै व्यवस्थापन साथ अघि बढाउने।
६) बिदेशमा रहेका युवालाई कृषिमा आकर्षण गर्न विभिन्न सीप मुलुक तालिम सेमिनारहरु सरकार र स्थानीय निकायबाट प्रधान गर्ने।
अन्त्यमा यो लकडाउनभरि धैर्यता पूर्वक घरमा बसौं सामाजिक दुरि कायम राखौं, संयमित भएर कोरोना महामारीको सामना गरौं। यो महामारीको अन्त्यभए संगै हाम्रो जस्तो कृषि प्रधान मुलुकमा कृषि नै सर्बोतम् विकल्प हुनेछ।